नदी किनार र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले नदी किनार र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले जिल्लामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको बुलेटिन अनुसार आइतवार सम्म मेघ गर्जन–चट्याङ्ग सहितको अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।

dashain shuvakamana
Discovery School

प्रशासनद्धारा जारी सूचनामा नदी किनारमा रहेका घर टहराहरु र उक्त स्थानमा बसोबास गर्ने मानिस एवं चौपाया उच्च जोखिममा रहने सम्भावना रहेकोले सतर्कता अपनाउन र कुनै विपदजन्य घटना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको फोन नम्बर ०९१५२१७०५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसैबिच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सुदूरपश्चिमका कैलाली, डोटी र अछाम जिल्लामा उच्च जोखिम रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार