२० वर्ष मुनिको  एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दै !!

एजेन्सी : एएफसी २० वर्ष मुनिको  एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।

यसअघि नेपालले तीन खेलमा एक जीत र दुईमा हार बेहोरेको छ । अस्ति बुधवार भएको तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६–० को हार बेहोरेको थियो । यो हारले समूह ‘बी’ को नेपालको एशियन कप पुग्ने सम्भावना न्यून बनेको छ ।

dashain shuvakamana
Discovery School

नेपालले तीन खेलबाट तीन अङ्क जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ ले हराएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार