दशैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाउँदै, जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने

धनगढी : कैलालीमा दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाउँदै जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, सिघ्र सेवा, तत्काल कारवाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरि योजना तयार गरिएको जानकारी दिए ।

dashain shuvakamana
Discovery School

उनकाअनुसार दशैँदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दैै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइनेछ । त्यसका जागि सामान्य समय हुने चेकजाँचमा बृद्धि गरिनेछ ।

जिल्लाभर २६८ डिउटी परिचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ । जसमा सामान्य समयमा परिचालन हुने भन्दा २१ डिउटी थप गरिएको छ ।
जिल्लामा प्रहरी उपरीक्षक९एसपी०को कमाण्ड हुनेगरि कार्यालय सुरक्षा, रिजर्व फोर्स, इलाका प्रहरी कार्यालयसम्म जनशक्तिअनुसार स्टेन्ट बाई, पिकेट, साइकल गस्ती, मोबाइल गस्ती समेत परिचालन गरिने बिष्टले बताए ।

सुरक्षा योजना अन्तरगत क्युआरटी, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट सादा पोशाकमा पनि छुट्टै टोली परिचालन, भारतबाट फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि सीमा नाकासहित १० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उनले बताए ।

उनकाअनुसार भारतबाट फर्किने यात्रुको सहजताका लागि त्रिनगर सीमा नाकासहितका सीमा क्षेत्रका पाँच स्थानमा पनि चेक प्वाइन्ट सञ्चालन गरिनेछ । मेला पर्व, बैँक तथा वित्तिय संस्था, सुनचाँदी पसल, मोबाइल पसल लक्षित गरेर गस्ती पेट्रोलिङ्क बढाइने पनि प्रहरीले जनाएको छ ।

जुवातास, मदिरा तथा लागुऔषध नियन्त्रणका लागि छुटै समूह बनाएर परिचालन गर्ने, बजार अनुगमनमा जिल्ला प्रशासनलाई सघाउन छुट्टै समूह र राजमार्ग क्षेत्रमा हुने भीभीआईपी र भीआईपीको स्कटिङ्क गर्न पनि छुट्टै टोली बनाइएको प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।

दशैँ, तिहार र छठ पर्वमा अपुग हुने जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार