क्रिकेट करियरबाट सन्यास लिँदै : अलराउन्डर शकिब

काठमाडौं : बंगलादेश क्रिकेट टोलीका अलराउन्डर शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट सन्यास लिने तयारी गरेका छन् ।

अक्टोबर–नोभेम्बरमा हुने दक्षिण अफ्रिकाविरुद्धको सिरिज उनको अन्तिम टेस्ट सिरिज होस् भन्ने उनको चाहना छ । भारत भ्रमणमा रहेका शकिबले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

dashain shuvakamana
Discovery School

दक्षिण अफ्रिकी टोली अर्को महिना टेस्ट सिरिज खेल्न बंगलादेश जाँदैछ । यदि शकिबलाई दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि छनोट भएन भने कानपुर टेस्ट उनको अन्तिम टेस्ट म्याच हुन सक्छ ।

हसनविरुद्ध दुई महिनाअघि राजधानी ढाकासहित विभिन्न शहरमा भएको विद्यार्थी आन्दोलनमा भएका हत्याका घटनामा संलग्न रहेको आरोपमा मुद्दामा दर्ता भइसकेको छ । उनलाई यसअघि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशको टोलीबाट पनि हटाउन माग गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार