पहिरो खस्दा पाटन पञ्चेश्वर सडक अवरुद्ध

बैतडी : बैतडीको पाटन पञ्चेश्वर सडक अवरुद्ध भएको छ । बुधबारदेखिको लगातारको वर्षाले अर्तोला क्षेत्रमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । बिहीबार बिहान अर्तोलामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार सडक अवरुद्ध हुँदा तल्लो स्वराडसँगको सडक सम्बन्ध टुटेको छ । उक्त क्षेत्रमा अवरुद्ध सडक नखुल्दा तल्लो स्वराडबाट बाहिरिने र भित्रिने सवारी तथा यात्रु बाटोमै रोकिएका छन् ।

dashain shuvakamana
Discovery School

अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार