बैतडीका एक युवकको घरमाथी खस्यो पहिरो

धनगढी : बैतडीको डिलाशैनी गाउँपालिका -४ जोखल्लीका सुरेन्द्र रोकायाको घर पहिरोले पुरिएको छ । गएराति घरमाथिबाट पहिरो खस्दा रोकायाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । घर पहिरोको जोखिममा रहेकाले रोकायाको परिवार वर्षा हुने बित्तिकै आफन्तको घरमा सरिसकेको हुँदा मानवीय तथा चौपाया क्षति नभएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार