काटिसकेको धान तत्काल भित्राउन वडा–वडामा माइकिङ गर्दै धनगढी नगर प्रहरी

धनगढी : मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेका छन् । यदि नकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरुले अनुरोध गरेका छन् ।

यो सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरीहरु परिचालन गरिएको छ ।

dashain shuvakamana
Discovery School

नगर प्रहरीहरुले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

महाशाखाका मौसमविद्‌का अनुसार अरब सागर र बंगालको खाडीको जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले देशभर वर्षाको सम्भावना छ । केही स्थानमा अति भारी वर्षासमेत हुने महाशाखाको प्रक्षेपण छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार