मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय सागर बिकको मृत्यु भएको हो। 

कैलारी गाउँपालिका–५ बयसपुरका १८ वर्षीय जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार राति ९ः५० बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार बिक गम्भिर घाईते भएका थिए।

Seti Hospital

बिकको उपचारको क्रममा आज (वुधवार) विहान ४ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार