बाजुरामा भरुवा बन्दुकको प्रहारबाट एक घाइते, आरोपी पक्राउ

धनगढी : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ३ रिउडामा भरुवा बन्दुक प्रहार गरी एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ५४ वर्षीय बिर बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप गिरीले बताएका छन्।

घटना असोज ५ गते राति १० बजे घटेको हो। २७ वर्षीय प्रवेश शाहीले ४० वर्षीय धरिन्द्र शाहीलाई बन्दुक प्रहार गर्न खोज्दा बिर बहादुर शाहीलाई गोली लागेको थियो। प्रवेशले गोली प्रहार गर्ने प्रयास गर्दा धरिन्द्र शाहीले बन्दुकको नाल समातेर साइट लगाउन खोजेका थिए, तर बन्दुक पड्किएपछि बिर बहादुर शाहीको निधारमा गोली लागेर उनी घाइते भएका हुन् ।

SHIKHAR COOL TECH

असोज ६ गते स्वामिकार्तिक र इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित प्रवेश शाहीलाई नियन्त्रणमा लिएको हो । उनलाई बाजुरा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते बिर बहादुर शाहीलाई कोल्टी आधारभूत अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार