१४ वर्षीय किशोरीले जन्माइन जुम्ल्याहा शिशु

बैतडी : बैतडीकी १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी छन् । गत भाद्र २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ ।

dashain shuvakamana
Discovery School

शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ । दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन् ।

गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानको सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

43%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

29%

आक्रोशित

सम्बन्धित समाचार