धनगढीमा विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल

धनगढी : बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको आश्रयस्थल बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कामा रहेको नवज्योति आधारभूत विद्यालय छाडा चौपाया बस्ने थलो बनेको हो । विद्यालयमा घेरबार र गेट नहुँदा रातिको समय छाडा चौपाया आएर विद्यालयमा बस्ने गरेका छन् ।

विद्यालयमा छाडा चौपाया बस्न थालेपछि दैनिक कक्षा सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताए । राति बसेका छाडा चौपायाको गोबर र मूत्र दैनिक रूपमा सफा गरेर मात्रै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको उनको भनाई छ ।

dashain shuvakamana
Discovery School

विद्यालयमा हरेक रात छाडा चौपाया बस्ने गरेको जनाइएको छ । नजिकै रहेको गेटा सामुदायिक वनमा दिनभरि चरेर छाडा चौपाया राति विद्यालयमा आउने गरेको प्रधानाध्यापक भण्डारीले बताए । मान्छेले पनि लखेटेर छाडा चौपायालाई विद्यालयतिरै धपाउने गरेको उनको गुनासो छ । पानी परेका बेला लगभग ८०र९० छाडा चौपाया विद्यालयमा बस्ने गरेको भण्डारीले बताए ।

सो विद्यालयमा आधा घेरबार गरिएको छ । तत्कालीन प्रदेश सभा सदस्य डिल्लीराज पन्तले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तीन वर्ष पाँचरपाँच लाख बजेट दिएपछि आधा घेरबार गरिएको प्रधानाध्यापक भण्डारीले बताए । नवज्योति आधारभूत विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । छाडा चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले करोडौँ खर्च गरिसके पनि समस्या अझै समाधान हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार