कैलालीका एसपी बिष्टसहित चार प्रहरी पुरस्कृत

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चार जना प्रहरी पुरस्कृत भएका छन्।

अमरगढी नगरपालिका–२की ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो।

SHIKHAR COOL TECH

एसपी बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरि नगदसहित पुरस्कृत गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो।

यस्तै, जिल्ला प्रहरी कार्यालयले पनि सोही घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरालाई नगदसहित पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले एसपी बिष्टलाई रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत गरिएको बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार