बैतडीको फेन्सी स्टोर एण्ड आटा चक्कि खुद्रा पसलमा आगलागी

बैतडी : बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा रहेको राम दत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी स्टोर एण्ड आटा चक्कि खुद्रा पसलमा आगलागी भएको छ।

भट्टले सञ्चालन गरेको पसलमा सोमवार आगलागी हुँदा पसल भित्र रहेका लत्ता कपडा, आटा चक्की, खुद्रा समान लगायतका सम्पुर्ण सामान गरी अन्दाजी ३५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

dashain shuvakamana
Discovery School

आगलागी हुँदा मानविय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार