धनगढीमा आधुनिक पार्क बन्ने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा आधुनिक पार्क बन्ने भएको छ । वडा नम्वर १ मा पार्क बन्ने भएको हो । पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले अघि बढाएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरण अन्तर्गत ब्लक १ देखि ७ सम्मको ठेक्का सम्झौता गरिएको छ । 

पहिलो चरणको काम पूरा गर्न ६ करोड ४६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए । उद्यानभित्र जेष्ठ नागरिक पार्क, बालबालिक पार्क, युवा पार्क, म्युजिकल फाउन्टेन र लेजर सो हल  गरी चार भागमा विभाजन गर्ने जनाइएको छ । 

dashain shuvakamana
Discovery School

उनले पार्क क्षेत्रको बाहिरी भागमा रात्रिकालीन बजार सञ्चालनका लागि पनि डिपिआरको तयारी पूरा भएको बताए । नगर प्रमुख हमालले कम्तीमा पाँच सय जना युवालाई प्रत्यक्ष आयआर्जनमा जोड्ने गरि रात्रीकालीन बजारसहितको उद्यान सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको जानकारी दिए ।

उनका अनुसार संघीय सहरी विकास मन्त्रालय र नगर विकास कोषको ऋण सहयोगमा करीब ३६ करोड रुपैयाँको लागतमा उद्यान निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

लेजर सो हलमा सुदूरपश्चिमका सामाजिक धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, स्थानीय भेषभूषा र संस्कृति चिनाउने भिडियो र तस्वीरहरू प्रत्येक साँझ प्रस्तुत गर्ने योजना समेत बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

9%

अचम्मित

0%

उत्साहित

9%

आक्रोशित

सम्बन्धित समाचार