पूर्व प्रहरीसमेत रहेका बोगटीलाई उनको सम्झनामा फोटोमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

धनगढी : पूर्व प्रहरीसमेत रहेका दलबहादुर बोगटीलाई नेपाल पुर्व प्रहरी परिवारले उनको सम्झनामा फोटोमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।

आज नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति कैलाली एवं पूर्व प्रहरी परिवारले डेउडा प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा वरिष्ठ डेउडिया बोगटीको फोटोमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम धनगढीमा आयोजना गरेको छ । डेउडिया बोगटीको मुत्यु भएको आज पाँच दिन भएको हो ।

dashain shuvakamana
Discovery School

उनले गरेका हरेक कार्यलाई सम्झन लायक भएको पूर्व प्रहरी परिवारले तथा उपाध्यक्ष रामचन्द्र भट्टले जनाएका छन्।शिखर नगरपालिका–२ घङडा डोटीमा जन्मिएका बोगटी सुदूरपश्चिम प्रदेशमै चर्चित डेउडियाका रूपमा गनिन्छन् । उनी १८ वर्षको उमेरमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।गटी नेपाल प्रहरीका अवकाशप्राप्त सहायक प्रहरी निरीक्षक पनि हुन् ।

प्रहरीमा रहेर ३२ वर्ष सेवा गरेका बोगटीको अवकाशपछि पनि डेउडा जोगाउन क्रियाशील थिए । अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा चर्चित रहने गर्थे ।

उनै डेउडिया भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा असोज ३ गते दिउँसो १ बजे मृत्यु भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार