धनगढीदेखि काठमाडौँ जान लागेका गोदावरीका एक युवक विमानस्थलमै ढले !!

धनगढी : धनगढी विमानस्थलमा ढलेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौँ जानका लागि विमानस्थलमा बोडिङ पास गर्ने क्रममा गोदावरी नगरपालिका-२ का ५० वर्षीय शेरबहादुर बोहोरा ढलेका थिए ।

ढलेर बेहोस भएका उनलाई माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।

dashain shuvakamana
Discovery School

उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बोहोराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार