संगम सहकारीको छैटौ वार्षिक साधारण सभा सम्पन्न

धनगढी : अत्तरियामा रहेको संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको छैटौ साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर बिष्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रमुख दिनेश गेलाल रहेका थिए भने विशिष्ठ अतिथिमा भूमि व्यवस्था तथा प्रशिक्षण कार्यालयका प्रतिनिधि देवराज पन्त र गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

dashain shuvakamana
Discovery School

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष चन्द्र बहादुर बिष्टले प्रस्तुत गरेका थिए भने आयव्यय विवरण संस्थाका कोषाध्यक्ष दिर्घराज अवस्थीले प्रस्तुत गरेका थिए । २०७५ साल पुष महिनामा स्थापना भएको सहकारीले छोटो समयमा नै प्रगती गर्न सफल भएको संस्थाका प्रबन्ध सञ्चालक अमर कुँवरले जानकारी दिए । 

उनले ६ लाख शेयरपुँजी र ३२ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल १ करोड २४ लाख ३१ हजार ३०० शेयरपुँजी रहेको बताए । संस्थामा आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्त सम्म १ हजार ९१ जना शेयरसदस्यहरु रहेका छन । कैलालीको अत्तरियामा प्रधान कार्यालय रहेको संस्थाको कैलालीकै धनगढी र कञ्चनपुरको गुलरियामा २ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन ।

संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा १३ करोड १६ लाख ७६ हजार ५४८ रुपैयाको कारोबार गरेकोमा ६ लाख १२ हजार ८२१ रुपैया खुद नाफा कमाउन सफल भएको छ । साधारण सभामा विभिन्न विधामा रहेर उत्कृष्ट बन्न सफल संस्थाका सदस्यहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्ध सञ्चालक अमर कुँवरले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार