काठमाडौं : श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्।
सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ५३ प्रतिशत मत बढाएर पुर्याएका छन्।
१ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको लंकाका निडियाले उल्लेख गरेको छ ।
उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्।
अनुराको आजै शपथ हुने भएको छ । उनको दल जनमुक्ति मोर्चा ९जेभेपी० नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ
प्रतिक्रिया दिनुहोस्