लागूऔषधसहित कैलालीकी दुई युवती पक्राउ

धनगढी : लागुऔषधसहित कैलाली प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीया रामरति राना थारु र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन् ।

उनीहरूको साथबाट एक ग्राम ७० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

Dengue

जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट सादा पोसाकमा खटेको प्रहरी टोलीले उनीहरूलाई धनगढी गाउँबाट पक्राउ गरेको हो । दुवै जनालाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार