त्रियुगा अन्तर विद्यालय मेयर रनिङ शिल्ड सुरु

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा ‘तेस्रो त्रियुगा अन्तर विद्यालय मेयर रनिङ शिल्ड’(साँस्कृतिक नृत्य) प्रतियोगिता सुरु भएको छ। 

संविधान दिवसका अवसरमा नगरपालिकाले शुक्रबार त्रियुगा नमुना माध्यमिक विद्यालय परिसरमा प्रतियोगिता आयोजना गरेको हो। 

Dengue

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३२ वटा विद्यालय सहभागिता रहेको नगर शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले बताइन्। उनका अनुसार कार्यक्रमलाई व्यवस्थित गर्न वडागत रूपमा प्रतिस्पर्धा गरी पहिलो र दोस्रो हुनेलाई जिल्ला स्तरमा सहभागि गराइएको हो। 

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य श्लोगन ‘कला संस्कृतिको सम्मानः त्रियुगाको अभियान’तय गरिएको छ। उद्घाटनमा राष्ट्रिय माध्यमिक विद्यालय वगाहाका राष्ट्रिय सेवादलका बालबालिकाले राष्ट्रप्रति सम्मान सलामी दिएका थिए।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर वसन्तकुमार बस्नेतले विद्यार्थीहरूलाई घरमा थुनेर घोकाएर मात्र शैक्षिक क्षेत्रको विकास नहुने भएकाले रचनात्मक कृयाकलापलाई सँगसँगै लैजानुपर्ने बताए। 
    
मेयर बस्नेतले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले शिक्षा नियमावली, कार्यविधि बनाएर अघि बढेको बताए। ‘स्थानीय पूर्वाधार, खानेपानी, वन, पर्यटन, कला, संस्कृति लगायतका विषयलाई समेटेर नगरपालिकाले कक्षा ५ सम्मको पाठ्यपुस्तक तयारी गरी लागू गरेको छ,’ उनले भने, ‘यसलाई हामी माध्यमिक तहसम्मै लैजाने योजनामा छौं, यसले स्थानीय विषय वस्तुमा बालबालिका पोख्त हुनेछन्।’

​​​​उपमेयर महेश्वरी राईले बालबालिका भित्र भएको कला, संस्कृति, प्रतिभा नगरपालिकाको सम्पत्ति भएकाले उनीहरूको अन्तर इच्छा शक्ति उजागर गर्नका लागि नगरपालिकाले लगानी गर्ने बताइन्। उनले भनिन्, ‘बालबालिकाका सबैखाले प्रतिभालाई उजागर गर्न मात्र हैन संरक्षण गर्न नगरपालिका तयार छ त्यसका लागि विद्यालयहरूले सहयोग गर्नुपर्यो।’

‘मनोरञ्जन गर्न र प्रतिभा देखाउन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो,’ उपमेयर राईले भनिन्, ‘नगरपालिका सबै विद्यालय र बालबालिकालाई सम्मान दृष्टिकोणले हेर्ने भएकाले आफ्ना कला उजागर गर्नुस्।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार