औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र

धनगढी : मेलौली नगरपालिकामै बन्ने भनिएको औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र परेको छ । औद्योगिक ग्राम निर्माण हुने स्थानमा फलाम खानी, चुनढुङ्गा र तामाको खानी रहेको छ ।

मेलौली नगरपालिका १, ३, ५ र ६ नम्बर वडा जोड्ने गरेर कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माणको काम नहुँदा औद्योगिक ग्राम अलपत्र परेको हो ।

Dengue

निर्वाचनका बेलामा मात्रै औद्योगिक ग्रामको मुद्दा उठ्ने गरेको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले बताउनुभयो । भएको सुती कपडा उद्योग सञ्चालन गर्न नसकेका बेला औद्योगिक ग्राम सञ्चालन हुनेमा स्थानीयवासी ढुक्क छैनन् । चुनावका बेला मात्रै औद्योगिक ग्रामको कुरा उठ्ने गरेको उहाँले बताउनुभयो । निर्वाचन जितेपछि नेताले चुनावी वाचा बिर्सने गरेको स्थानीयको गुनासो छ ।

औद्योगिक ग्रामनजिकै फलामबाहेक यहाँ नेपाली कागज बनाउने लोक्ता, बाँस–निगालो, केतकी, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिट्ठा, अमलालगायतको बहुमूल्य खानी रहेको स्थानीयवासीसमेत रहनुभएका संविधान सभा सदस्य पुरनसिंह दयालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “औद्योगिक ग्रामका लागि मैले निकै मेहनत गरेको थिए । बैतडीको मेलौली नगरपालिकामा पहिलेदेखि नै सुती कपडा घरेलु उद्योग र फलाम पगाल्ने भट्टी रहेका छन् । सङ्घीय सरकारले औद्योगिक ग्राम निर्माणका लागि बजेटसहितको कार्यविधि पठाए पनि नगरपालिकाले तदारुकता देखाउन नसक्दा निर्माण कार्य ढिलो भइरहेको छ ।”

औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरे पनि काम अघि बढाउन बजेट नभएका कारण समस्या भइरहेको मेलौली नगरपालिकामा प्रमुख चन्दले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार