स्कारपियो र मोटरसाइकल ठोक्किएर घाइते भएका एक युवकको मृत्यु

धनगढी : कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका(१ का सुनिल डंगौराको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१ ०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । डंगौराको उपचारका क्रममा मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार महेन्द्र चौधरीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

Dengue

स्कारपियो चालक गोदावरी(६ का ३४ वर्षीय भोजलाल चौधरीलाई नियन्त्रणमा लिइएको मालाखेती प्रहरीका डिएसपी गंगाबहादुर थापाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार