स्ववियु र क्याम्पसको आयोजनामा सुदूरपश्चिमकै पहिलोपटक विद्यालय स्तरीय प्रथम केएमसी अभ्यास अदालत प्रतियोगिताको उद्घाटन समारोह

स्मृति के.सी

कैलाली : सुदूरपश्चिमै पहिलोपटक सुदूरपश्चिम विश्वविद्यालय स्तरीय प्रथम के. एम. सी . अभ्यास अदालत प्रतियोगिता २०८१ असोज २ गते आज उद्घाटन समारोह भएको छ ।

स्ववियु र क्याम्पसको आयोजनामा सुदूरपश्चिमकै पहिलो स्नातक तह मा कानुन संकायको पढाइ हुने क्याम्पसका रूपमा चिनिने कैलाली बहुमुखी क्याम्पसले कानुन संकायका विद्यार्थीहरूको पहल , क्याम्पस प्रशासन र सुदूरपश्चिम विश्वविद्यालयको सहयोगमा के .एम .सी अभ्यास अदालतको सुरुवात गरेका छन् ।सुदूरपश्चिमकै एक मात्र क्याम्पस स्तरीय नमुना अभ्यास अदालतका रूपमा चिनिने यस अदालतको आफ्नो छुट्टै विशेषताहरू रहेका छन् ।

Dengue

यस कार्यक्रमको उद्घाटन समारोह सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हेमराज पन्तले गरेका हुन् । यस उद्घाटन समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक , मानविकी तथा कानुन संकायका डिन प्राध्यापक डा मुकुन्द कलोनी , धनगढी जिल्ला अदालत बारका अध्यक्ष इन्द्र प्रसाद लेखक कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको अध्यक्षतामा रहेको थियो ।

उद्घाटन समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा मुकुन्द कलोनीले मन्तव्यमा अभ्यास अदालत कानुन पढाइ हुने हरेक संस्थामा‌ एकदमै अनिवार्य हुनुपर्छ यसले यसले पढाइ सँगसँगै अभ्यास पनि सिकाउँछ। उनले अङ्ग्रेजी भाषामा भनाइ छ जोहो (learning by doing) यसलाई सार्थक बनाउन केएमसी अभ्यास अदालत गरेको यो कार्यप्रति धन्यवाद प्रकट गरेका छन्।

त्यस्तै कैलाली जिल्ला अदालत बारका अध्यक्ष यज्ञ प्रसाद लेखकले पनि हामी कानुन अध्ययन गर्ने विद्यार्थीलाई केही पर्दा अदालतमा आई सोधपुछ गर्न र सिकन आउने विद्यार्थीलाई सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टले विद्यार्थीलाई चाहिने साथ र सपोर्ट सधैँ गर्नेछौ भने वाचा गरेका छन्।

यस प्रतियोगितामा १० टिम रहेका छन् जसमध्ये आठ टिम कैलाली बहुमुखी क्याम्पसको रहेका छन् भने दुई टिम महेन्द्रनगर सेन्टर क्याम्पसका बाट रहेका छन् । आज पहिलो चरणको प्रतियोगिता हुने भएको छ र भोलि अन्तिम चरण अर्थात् समापन समारु पुरस्कार वितरण रहेको छ।

यस कार्यक्रमलाई सभ्य र भव्य ताका साथ सम्पन्न गर्न सबैले साथ र सहयोग गर्न कैलाली बहुमुखी क्याम्पसका कानुन संकायका विभागी प्रमुख अधिवक्ता पदम पाल आग्रह गरेका छन्। भोलि असोज ३ गते प्रतियोगितामा विजेता हुने टिमलाई पुरस्कृत गर्दै अभ्यास अदालतमा प्रतियोगिताको मापन समारोह भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार