धनगढी उपमहानगरपालिकाको १९ वडाले सुरु गर्यो ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’

धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। जहाँ बिरामीको उपचार गर्न डाक्टरसहितको टीम गाउँघर पुग्ने गरेको छ।

डाक्टर खोज्दै बिरामी अस्पताल पुग्नुपर्ने हो, तर धनगढीमा भने बिरामी खोज्दै डाक्टरको टोली नै गाउँघर पुग्ने गरेको छ। निःशुल्क रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउने संभवतः नेपालकै पहिलो पालिका हो धनगढी उपमहानगरपालका। कुल १९ वडा रहेको उपमहानगरपालिकाले प्रत्येक महिनाको एक दिन एउटा वडामा विशेषज्ञ चिकित्सकसहित निःशुल्क रुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ। 

Dengue

उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट आर्थिक वर्ष २०८०/८१ सम्म कुल ७८ हजार ११७ सेवाग्राहीले सेवा प्राप्त गरिसकेका छन्। उपमहानगरले सञ्चालन गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमबाट मात्र झण्डै पाँच हजार गर्भवतीको अल्ट्रासाउण्ड गरिएको छ।

उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार कुल चार हजार ६ सय ९९ गर्भवतीको अल्ट्रासाउण्ड गराउँदा ४८ महिलामा जटिलता देखा परेपछि रेफर गरिएको छ। धनगढीमा अहिले ‘आमा बचाउ’ कार्यक्रमका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालनमा छ। सो सेवा सञ्चालन भएयता पाँच सय ८० महिलाले सेवा प्राप्त गरेका छन्।

तीन हजार ३८९ सुत्केरी आमालाई सुत्केरी भएको २४ घण्टा, तीन दिन र ७ दिनमा घरमै स्वास्थ्यकर्मी गएर जाँच गरिएको छ। धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा अहिलेसम्म पाँचपटक क्यान्सर हेल्थ क्याम्प सञ्चालन गरिएको छ। सो क्याम्पबाट एक हजार ३८२ जनाले सेवा प्राप्त गरेकोमा ८४ जना शंकास्पद बिरामीलाई रेफर गरिएको छ।

२०७९ साउन १ गतेबाट तालिका अनुसार धनगढीको वडा नम्बर १९ बाट ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’को शुभारम्भ गरिएको थियो। नगरप्रमुख गोपाल हमालले विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्ने र उपमहानगरबासीले वडाबाटै स्वास्थ्य उपचार पाउने उद्देश्यले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका थिए। उपमहानगरको नीति र कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवाबाट स्वास्थ्य लाभ लिनेको संख्या बढ्दै गएको छ। विशेषज्ञ वडा क्लिनिक सेवाको उद्घाटन तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार