धनगढी उपमहानगरपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल (३.९७) थ्री स्टार इङ्लिस बोर्डिङ स्कुल का विज्ञान कठायत

स्मृति के.सी

धनगढी : धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उपमाहानगरद्वारा ‌ सञ्चालित शैक्षिक शास्त्र २०८० को आधारभूत तहको अन्तिम परीक्षा उपमहानगरकै उत्कृष्ट नतिजा ३.९७ जिपिए ल्याउन सफल धनगढी क्याम्पस रोड ८, थ्री स्टार इङ्लिस बोर्डिङ स्कुल का विज्ञान कठायत लाई प्रमाणपत्र र नगद २५००० सहित सम्मानित गरेका छन् ।

उपमहानगरको १० औँ स्थापना दिवसको अवसर पारी मेयर गोपाल हमाल तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह द्वारा सम्मानित गरिएको हो। नगर प्रमुख र माननीय सहरी विकास मन्त्री ले कठायतलाई सम्मान प्रकट गर्दै शुभकामना र आगामी दिनका लागि उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन्। थ्री स्टार इङ्लिस बोर्डिङ स्कुल परिवारले पनि कठायतलाई शुभकामना दिँदै नगर प्रमुख लाई यस्ता कार्यको लागि धन्यवाद व्यक्त गरेका छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार