धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यानको शिलान्यास

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न शिलान्यास गरिएको छ। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशामान सिंहले उद्यानको शिलान्यास गरेका हुन्। धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा धनगढी आएका मन्त्री सिँहले उद्यानको समेन शिलान्यास गरेका छन्।

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा उद्यान निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। नेशनलरपवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न सम्झौता गरिएको छ।

dashain shuvakamana
Discovery School

वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण हुँदैछ। निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्ने छ। धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार पारेको थियो। उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो। तर, हाल पार्क क्षेत्रमा बालबालिकाका लागि क्षेत्र र खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमीङ्ग पुल, जेष्ठ नागरिकले आराम गर्ने स्थान, युवाहरूका लागि सांस्कृतिक क्षेत्र, किशोर–किशोरीका प्रतिभाका लागि कार्यक्रम स्थल र उद्यानको बाहिरी क्षेत्रमा सटरहरू हुने छन्। सटरहरूमा स्थानीय संस्कृतिका पोसाक तथा सामानहरू बिक्री गर्न सकिने छ। धनगढी उपमहानगरपालिकाको ३५ करोडको योजना भएपछि पहिलो चरणमा सहरी विकासले ८ करोड ६२ लाखका संरचनाहरू निर्माण गर्ने भएको हो।

धनगढी उपमहानगरपालिका– १ मा रहेको उद्यान (पार्क) लाई स्तरीय तथा आधुनिक निर्माण गर्ने कामको शिलान्यास भएसँग काम सुरु भएको छ। उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय ९स्र्टाट अफ बिजिनेस० गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार