यातायात कर्मीहरुको लागि ३ दिने निशुल्क दन्त शिविर सञ्चालनमा

धनगढी : नेपाल यातायात मजदुर संघ कैलालीको आयोजनामा यातायात क्षेत्रमा कार्यरत यातायात कर्मीहरुको लागि निशुल्क स्वास्थ शिविर गरि रहेको छ। ॐ श्री नगर डेन्टल क्लिनिकको सहकार्यमा  असोज १, २ र ३ गते ३ दिन सम्म धनगढीको पार्कमोडमा शिविर गरि रहेको छ।

क्लिनिकले आफ्नो २१ औँ स्थापना दिवसको अवसरमा यातायात क्षेत्रमा कार्यरत यातायात कर्मीहरुको दन्तको‌ निशुल्क परिक्षण गरिने ॐ श्री नगर डेन्टल क्लिनिकका सञ्चालक प्रेम सिंह शर्मा बताए ।

Dengue

३ दिने निशुल्क दन्त शिविर परिक्षणमा एक्सरे, चेकजाँच,दाँत निकाल्ने , दाँत भर्ने र सवै दात सफा गर्ने सञ्चालकले नेपाल यातायात मजदुर संघ कैलालीले आयोजना गरेको कार्यक्रममा बताए।

यातायात मजदुरहरुको लागि ३ दिने निशुल्क दन्त शिविर गरिदिएकोमा नेपाल यातायात मजदुर संघ कैलाली आभारी छ । साथै आगामी दिनमा पनि यस्ता कार्यहरू यातायात मजदुरहरुका हक हितका लागि  गर्ने समेत नेपाल यातायात मजदुर संघ कैलालीका अध्यक्ष जङ्ग श्रीमालले बताए ।

नेपाल यातायात मजदुर संघ कैलालीको आयोजनाको ३ दिने निशुल्क दन्त शिविर  कार्यक्रमको सञ्चालन लोकतन्त्रिक व्यवसायी महासंघका प्रदेश सचिव भिम बहादुर कुवँरले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार