धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको राष्ट्रिय भेलामा सुदूरपश्चिम प्रदेशको रिपोर्ट प्रदेश सभापति प्रकाश बिस्टले पेस गरेका छन् । उनले सुदूरपश्चिममा सङ्गठन बनाउन नै कठिन भइरहेको उल्लेख गरेका छन् ।
पहाडी र हिमाली जिल्लामा पुराना दलहरूले सीमित व्यक्तिलाई समाएर जनतामा डर पैदा गरेकोले पनि सङ्गठन विस्तारमा जटिलता भएको उल्लेख गर्दै उनले ८८ स्थानीय तहमध्ये ५२ पालिकामा र १२५ वडामा समिति गठन भएको बताए ।
प्रतिक्रिया दिनुहोस्