दृष्टि फाउण्डेशनलाई कैलाली विद्या निकेतनको खाद्यान्न र स्टेशनरी सहयोग

धनगढी : कैलाली विद्या निकेतन धनगढीले २५औं स्थापना दिवस समारोहबीच दृष्टि फाउण्डेशनलाई खाद्य सामग्री तथा स्टेशनरी प्रदान गरेको छ।

बेसहारा महिला एवं बालबालिकालाई आश्रय दिइरहेको फाउण्डेशनलाई विद्यालयले सहयोग गरेको हो। फाउण्डेशनमा हाल ६१ महिला र १६ बालबालिका रहेकोमा उनीहरूको लालनपालनमा थोरै भए पनि सहजता होस् भन्ने उद्देश्यका साथ सहयोग प्रदान गरिएको विद्यालयका संस्थापक एवं प्रिन्सिपल टोपेन्द्र शाहले बताए।

Dengue

२०५६ सालमा स्थापना भएको विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अध्यापन हुँदै आएको छ। शाहले विद्यालयलाई स्थापना कालदेखि हालसम्म सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै यस वर्ष रजत जयन्ती भएकाले आन्तरिक सदनात्मक प्रतियोगिता, तहगत प्रतियोगिताका साथै अतिरिक्त अन्तर विद्यालय स्तरीय विविध प्रतियोगिता, पूर्वविद्यार्थी मिलन कार्यक्रम गरिने जानकारी दिए।

‘हामी निरन्तर २५ वर्षदेखि शिक्षाको गुणस्तर अभिवृद्धिमा केन्द्रित छौं। २५औं वर्ष पार गर्दा हामी थुप्रै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएका छौं। त्यसले हामीलाई बलियो बनाउँदै लगेको छ,’ उनले भने। आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा कुनै सम्झौता नगरिने शाहको भनाइ छ।

विद्यार्थी र अभिभावकको चाहना अनुरूप समयसापेक्ष शिक्षा प्रदानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विद्यालयले आगामी दिनमा पनि त्यसलाई निरन्तरता लिने उनको भनाइ छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सदस्यसमेत रहेको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कार्यक्रमका सहभागीहरूले बताएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार