बलिउड अभिनेत्री अदितिले दोस्रो बिहे गरिन् !

एजेन्सी : बलिउड अभिनेत्री अदिति राव हैदरीले अभिनेता सिद्धार्थसँग बिहे गरेकी छिन् । अभिनेता अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्नो बिहेको फोटो हालेका थिए ।

यी दुईले वानापार्थीको चार सय वर्ष पुरानो मन्दिरमा बिहे गरेका छन् । बिहेमा बेहुला बेहुलीको परिवारका सदस्य र नजिकका आफन्तहरू मात्रै सहभागी भएका थिए ।

Dengue

अदितिको यो दोस्रो बिहे हो । यसअघि उनले अभिनेता सत्यदीप मिश्रासँग बिहे गरेकी थिइन् । उनको यो बिहे सन् २००९ देखि सन् २०१३ सम्म चल्यो । अदितिका पहिलो पतिले दिग्गज अभिनेत्री नीना गुप्ताकी छोरी तथा फेशन डिजाइनर मसाबा गुप्तासँग बिहे गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार