दुई जनाबीच आपसमा विवाद हुँदा खुकुरी प्रहार : १ जना घाइते, १ पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा दुई जनाबीच आपसमा विवाद हुँदा एक जनाले खुकुरी प्रहार गरेका छन् । शनिबार आपसी विवादका क्रममा बेलौरी नगरपालिका-२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका-१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङमाथि खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार भई अहिले घर फर्किएका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए ।

dashain shuvakamana
Discovery School

खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार