टीकापुरस्थित एल.एल. मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु

टीकापुर : कैलालीको टीकापुरस्थित एल.एल. मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा उपचारका लागि आएकी जोशीपुर गाउँपालिका-१ की ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार टाइफाइडको उपचारका लागि आएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको थियो । 

Seti Hospital

मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए । ‘हामीले हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डिएसपी अधिकारीले भने, ‘उपचारका लागि हिंडेर आएकी सञ्चुरियाको सुई लगाए लगत्तै ज्यान गएको थियो ।’

मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचार गर्न ल्याएकी थिइन् । ‘ज्वरो नाप्नु भयो, प्रेसर चेक गर्नुभयो, पर्चामा प्रेसर समेत लेखेर ठीकै छ भन्नु भएको हो’, छोरी रिमाले भनिन्, ‘टाइफाइडको सुई लगाउनु पर्छ भनेर सुई लगाउनु भयो, एकैछिनमा त आमाको ज्यान गयो ।’

सुई लगाएर ज्यान गएपछि आफू आक्रोशित भएको उनले बताइन्। सञ्चालक चौधरी आफैं इलाका प्रहरी कार्यालय पुगेका हुन् । ‘जोशीपुरबाट हिँडेर आएकी आमाको एक मिनेटमै ज्यान गएको छ’, रिमाले भनिन्, ‘मेडिकल सञ्चालकको लापरवाहीले अनाहकमा ज्यान गुमाउनु पर्यो, सञ्चालकलाई कारवाही हुनैपर्छ ।’

सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरू आक्रोशित भएका छन् । यसअघिसमेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

69%

दु :खी

15%

अचम्मित

0%

उत्साहित

15%

आक्रोशित

समबन्धित समाचार