बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला

धनगढी : कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन् । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

dashain shuvakamana
Discovery School

यस्तै, भजनी नगरपालिका-८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन् । शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जम्मा भएको ठाउँमा लड्दा डगौराको मृत्यु भएका जस्तो देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भने भइरहेको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार