धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसले आयोजना गरेको भलिबल प्रतियोगिता (एएमसी कप) खेल्न आएका खेलाडिबीच लफडा भएको छ । शनिबार साँझ धनगढीको अपी शैपाल थकाली खाना घर एण्ड क्याफेमा लफडा भएको हो ।
लफडा अछाम र बझाङका खेलाडीबीच भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लफडाको कारण दिउँसै भएको विवाद भएको पाइएको छ । शनिबार दिउँसो एएमसी कपको फाइनलमा पुगेका अछामको त्रिपुरा सुन्दरी क्याम्पसका खेलाडी र बझाङकाे त्रिवेणी आर्दश बहुमुखी क्याम्पसका खेलाडिबीच खेलको विषयमा विवाद भएको थियो ।
दिउँसो विवादपछि खेल प्रभावित भए पनि साँझ सोहि विषयलाइ लिएर खेलाडिबीच भनाभन हुँदा विवादले ठुलो रुप लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्