अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीमा ९ परिवार विस्थापित

बैतडी : बुधबार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ ढोलेमा ९ परिवार विस्थापित भएका छन् । पहिरोले घर नै बगाउने जोखिम बढेपछि ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहराले बताए ।

ढोलेको रातापानी टोलका ५ परिवार, मल्लो ढोलेका ३ परिवार र तल्लो ढोलेका एक परिवार गरेर ९ परिवार पहिरोका कारण विस्थापित भएका वडा अध्यक्ष बोहराले बताए । उनीहरु अहिले आफन्तको घरमा बसीरहेका छन् ।

Dengue

पहिरोका कारण रातापानी टोलमा उद्धव बोहरा, धनुवा बोहरा,रामसिंह बोहरा, गम्भीरसिंह बोहरा र कृष्ण बोहराको परिवार विस्थापित भएको छ । यस्तै मल्लो ढोलेमा लाल लुहार, परमल लुहार र जहरे बोहराको परिवार विस्थापित भएको छ । यस्तै तल्लो ढोलेमा माने लुहारको परिवार पहिरोले विस्थापित भएको छ ।

बर्षा रोकिएपनि पहिरो खस्ने क्रम नरोकिएको वडा अध्यक्ष बोहराले बताए । पहिरो प्रभावित क्षेत्रमा विस्थापित परिवारको व्यवस्थापनका लागि आफू खटिएको बताउँदै वडा अध्यक्ष बोहराले पालिकाबाट तत्काल त्रिपाल र खानेपानीको पाइप मगाएको बताए ।

पहिरोले स्थानीयहरु खेतबारी बगाएको छ भने कठमडाका इन्द्र साउँद र तल्लो ढोलेका हरिबहादुर बोहराको घर पहिरोको जोखिममा परेको छ ।

मल्लो ढोलेमा सडक भासिएर पहिरो खसेको बताइएको छ भने रातापानी टोलमा खेतबारी नै पहिरोले लगेको वडा अध्यक्ष बोहराले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार