तीन दिनदेखिको अविरल वर्षसँगै आएको बाडीले बगाए धनगढी सशस्त्र प्रहरीका भवन

धनगढी : तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरीका भवन बगाएको छ।

शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको हो।

Dengue

शुक्रबार दिउसो देखि नै बिओपी भवन कटान सुरु गरेपछि सामान अन्यत्र सारिएको थियो। शुक्रबार राति र शनिवार बिहान गरि भवन पूर्णरुपमा बगाएको सशस्त्र प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए। 

उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको छ। शुक्रबार रातिदेखि मात्र पानी पर्न रोकिएको छ। सिमा सुरक्षाका लागि कैलालीका विभिन्न ठाउँमा सशस्त्रका बिओपी स्थापना गरिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार