सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग ठाँउठाउँमा अवरुद्ध

डडेल्धुरा : तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुदूरपश्चिमका अनुसार पहिरोले ठाँउठाउँमा अवरुद्ध भएको राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको हो । 

राजमार्गको कैलाली खण्डमा कैलालीको फल्टुडे, भासु भीर, खानीडाडा लगायतका क्षेत्रमा पहिरो गएको थियो । यता डडेल्धुरा खण्डमा पनि राजमार्ग एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा खण्डमा साहुखर्क, मेलखर्क लगायत क्षेत्रमा पहिरो गएको थियो । 

Dengue

यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआईसिंह राजमार्ग भने अहिले पनि पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । राजमार्गको रडुवामा पहिरो खसेको छ । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । 

यस्तै डडेल्धुराबाट बझाङ र बैतडी जोड्ने सडक भने एकतर्फी रुपमा सुचारु भएको छ । बुधबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार दिउसोदेखि भने धेरै स्थानमा रोकिएको छ । वर्षा रोकिएपछि तराईका जिल्लामा बाढीको जोखिम पनि घटेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सबै नदीको बहाव पनि घटेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार