हावाहुरीले भेटनरी र पशु सेवा विज्ञ केन्द्रमा क्षति पुर्यायो !

बैतडी : बैतडीको पाटनस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको एक भवनमा हावाहुरीले क्षति पुर्याएको छ ।

शुक्रबार बिहान ११ बजेतिर बर्षासंगै आएको हावाहुरीले चारकोठे भवनको छानो उडाएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब सुब्बा बिरसिंह महराले बताए । कार्यालय प्रमुखको निवासको रुपमा प्रयोग भइरहेको भवनको छानो हावाहुरीले उडाएको हो ।

Dengue

भवनको छानो हावाहुरीले उडाएपछि भवनको पर्खालमा समेत समान्य क्षति पुगेको नायब सुब्बा महराले बताए । हावाहुरीले भवनमा झण्डै ८ लाख जतिको क्षति भएको अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार