बझाङमा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध : बिजुली र खानेपानीको सेवासमेत प्रभावित

बझाङ : बझाङको जयपृथ्वी राजमार्ग र राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध छ ।

अस्तिदेखि परेको पानीले तमैल बजार नजिकै बालुवा टावर भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले पोल र तारमा क्षति पुगेको छ । लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

Dengue

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको बताउनु भयो । उहाँले सुख्खा पहिरो लगातार खस्दा समस्या भएको जानकारी दिनु भयो । सदरमुकाम चैनपुरमा खानेपानी सेवासमेत प्रभावित भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार