बाढीले बगायो डडेल्धुरा आलितालको धगाड जलविद्युत आयोजना

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नं २ मा रहेको दहगाड जलविद्युत आयोजना बाढीले बगाएको छ।

लगातार ३ दिन देखिको वर्षाका कारण उक्त जलविद्युत आयोजना बाढीले बगाएको हो। विगत १५-१६ वर्षदेखि सञ्चालित रहिआएको उक्त आयोजनाले यस वडाका करिब ३५० घरधुरीलाई विद्युत सेवा प्रदान गर्दै आएको थियो ।

Dengue

उक्त विद्युत सेवा यही भाद्र २३ गतेको अविरल वर्षाका कारण विद्युतीय घरमा बाढी पस्दा अवरुद्ध भएको हो । पुनः सञ्चालनका लागि वडा नम्बर २ बासीको प्रयास सफल हुन सकेन । लगत्तै भाद्र २६, २७ र २८ गतेको अविरल वर्षाका कारण पावर हाउस सहित विद्युतीय उपकरणहरू बाढीले बगाएको छ ।

पावर हाउस भएको ठाउँमा नाम निशान नरहेको र करिब २ करोड बराबरको क्षति भएको छ । विधुतीय बत्ती नहुँदा गाङ्खेत बासी पिडित बनेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार