कर्णालीमा पानी बहाव उच्च, पानी बस्तीमा पस्ने खतरा

भक्तराज जोशी

धनगढी : कर्णाली नदीमा पानीको सतह बढेको छ। गेज रिडर पार्वती गुरुङका अनुसार नदीमा पानीको सतहले वार्निङ लेभल पार गरेको छ। उनले अहिले पानीको सतह १० दशमलव २५ मिटर पुगेको बताईन्।

नदीमा पानीको सतह १० मिटर पुग्नुलाई वार्निङ लेभल पार गरेको मानिन्छ भने १० दशमलव ८० मिटरलाई खतराको तह मानिन्छ। गुरुङले नदीमा पानीको सतह क्रमिक रुपमा बढिरहेको जानकारी दिईन्।

Dengue

उनले कर्णालीको सहायक नदी सेतीमा पनि पानीको सतह बढिरहेको बताईन्। सुदूरपश्चिममा बिहीवारदेखि भारी वर्षा भइरहेको छ। पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भैरहेकाले कर्णाली नदीमा पानीको सतह बढेको हो।कर्णाली नदीमा पानीको सतह बढेपछि ठाउँठाउँमा कटान हुन थालेको छ। स्थानीयका अनुसार टीकापुर नगरपालिका वडा नम्बर ५ दौलतपुरघाटमा नदीले कटान तीव्र पारेको छ।

स्थानीय हर्क बिष्टले दौलतपुरस्थित मन्दिर नजिकै नदीले कटान तीव्र पारेको छ। उनकाअनुसार नदी कुनैपनि बेला बस्तीमा पस्ने खतरा बढेको छ।‘तटबन्ध भत्किन अब थोरै मात्र बाँकी छ’ उनले भने, ‘यदि नदीले तटबन्ध भत्कायो भने ठूलो क्षति हुने देखिन्छ।’ दौलतपुरमा नदी बस्तीमा पस्यो भने टीकापुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का दर्जन बढी बस्ती जोखिममा पर्ने देखिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार