कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ

धनगढी : कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । बिहीबार बर्दगोरिया गाउँपालिका–२ बौनियागाउँबाट लागुऔषध सहित ५ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बर्दगोरिया–२ बौनियागाउँ बस्ने ४० वर्षका रामबहादुर चौधरी २९ वर्षका राधेश्याम डगौरा, २६ वर्षका रतिराम चौधरी, बर्दगोरिया–३ रानिकुण्डा बस्ने २४ वर्षका ज्ञानेन्द्र विक र लम्कीचुहा नगरपालिका–८ बस्ने ३० वर्षका जनक  बडुवाल रहेका प्रहरीले बताएको छ ।

Dengue

रामबहादुरको घरमा खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम २१० मिलिग्राम, एन्ड्रोइड मोबाइल ४ थान, सादा मोबाइल १ थान, डिजिटल तराजु, कैची १र१ थान र नगद ७ हजार ५५० बरामद गरी पाँचै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार