लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ

काठमाडौं : कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन ।

Dengue

कास्की जिल्ला अदालतबाट अनुमति लिई डा श्रेष्ठलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।

गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिएका छन्।

थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ परेका थिए ।

२०७९ को आमनिर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )बाट समानुपातिक सांसद हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा.श्रेष्ठलाई सांसदबाट हटाएको हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार