अविरल वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा : अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका १ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीबार राति खसेको पहिरोले  अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खसिरहेको थियो । डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए । तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ ।

Dengue

राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन् । यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका २ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार