काठमाडौँ : मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको विजेताले ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको सुन र हीरा जडित ताज पहिरिन् । मिस युनिभर्स नेपाल २०२४ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गरेको हो ।
प्रतिक्रिया दिनुहोस्