धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा घाइते भएकाहरुको परिचय खुलेको छ । दुर्घटनामा १० जना घाइते भएका थिए ।
घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ थप्तोलीकी ४९ वर्षीया मानमती जोशी, नौगाड गाउँपालिका६ रैँचुका ३४ वर्षीया धनजीत धामी र उनकी ९ वर्षकी छोरी सुन्तली, शैल्यशिखर नगरपालिका९ नायलकी ४५ वर्षीया राधा पार्की, उनका १४ वर्षीय छोरा आकाश पार्की र २० वर्षीय छोरा सुशील पार्की रहेका छन् । यस्तै भारतको धार्चुला बस्ने ३४ वर्षीय भुपेन्द्र भट्ट, उनकी ३२ वर्षीया श्रीमती पार्वती भट्ट, ९ वर्षीया छोरी तनुजा भट्ट र ठेगाना नखुलेकी ६५ वर्षीया मानमती ओड पनि घाइते भएकी प्रहरी निरीक्षक रावतले बताए ।
घाइतेमध्ये ९ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र आकाश पार्की उपचारपछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
बिहीबार गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका-७ धामीगडामा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्