बझाङको जयपृथ्वी राजमार्गमा पहिरो झर्दा सडक अवरुद्ध

धनगढी : बझाङको जयपृथ्वी राजमार्गमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । बिहीबार बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू रोकिएका छन् । प्रहरीका अनुसार सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो झर्न नरोकिँदा खुलाउन समस्या भइरहेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार