कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति

धनगढी : कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति पुर्‍याएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगैको वर्षाले किसानले लगाएका उखु र धानबालीमा क्षति पुर्‍याएको हो ।

पसाउने क्रममा रहेका धानको लागि पानी पर्दा केही राहत भए पनि हावाहुरीले पसाएको धान ढलाउँदा किसान चिन्तित बनेका छन् । हावाहुरीले उखुमा पनि क्षति पुर्‍याएको छ । जिल्लाको बेल्डाँडी, बेलौरी, लालझाडी, पुनर्वास लगायत दोधराचाँदनी क्षेत्रमा लगाएका उखु हावाहुरीले ढलाएको छ ।

Dengue

साउन अन्तिमतिर आएको वर्षाले जिल्लाको दक्षिणी क्षेत्र लगायत जिल्लाभर ठुलो क्षति गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार