कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

कैलाली : कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना कलाकारलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

SHIKHAR COOL TECH

ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुमाथि विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप छ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै.कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए । पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार