धनगढीको खुटिया नदीमा जैविक तटबन्ध गर्न शुरू

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाले खुटिया नदीमा जैविक तटबन्ध गर्न शुरू गरेको छ । उपमहानगरले डुबान र कटानलाई मध्यनजर गर्दै खुटिया नदी किनारमा जैविक तटबन्ध गर्न थालेको हो ।

उपमहानगरका वडा नम्बर ७, १२, १५ र १७ भएर बग्ने खुटिया नदीमा बर्खाको समयमा सधै दोहोरिने डुबान र कटानको समस्या रोक्नका लागि जैविक तटबन्ध शुरू गरिएको मेयर गोपाल हमालले जानकारी दिनुभयो । उहाँले यस वर्ष खुटिया नदी किनारको ३० किलोमिटर क्षेत्रमा छ हजार चाप जातको बाँस, छ हजार छ सय अम्रिसो र छ हजार छ सय नेपियरका बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

Dengue

मेयर हमालले जैविक तटबन्धबाट भूक्षय रोकिनुका साथै पर्यावरणमा स्वच्छता आउने र बाँसका बोट हुर्केपछि त्यसबाट स्थानीय समुदायले लाभ लिनसक्ने अपेक्षासहित काम अगाडि बढाइएको जानकारी दिनुभयो । खुटिया नदीमा आउने बाढीले वर्षेनि उपमहानगरका विभिन्न वडामा डुबान र कटानको समस्या हुँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार